लन्डन, यो झन्डा हाम्रै शिरमाथि फर्फराइरहन्छ….. नेपाली सांगीतिक धरातलमा करिब डेढ दशक लामो समयदेखि आफ्नो छुट्टै अस्तित्व कायम गर्दै आएका अहिलेका चर्चित युवा गायक शिव परियारले भर्खरै आफ्नो एघारौँ सांगीतिक संग्रह “शिवालय” को पनि सार्वजनिक गरेका छन् । माया प्रेम र पिउने पिलाउने जस्ता गीतहरु गाएर दर्शकतथा स्रोताहरुलाई मन्त्रमुग्ध बनाएर सफलताको शिखरमा पुगेका गायक शिव परियारले यसपटक भने छुट्टै किसिमको सांगीतिक सौगात पस्किने जमर्को गरेकाछन् । भूकम्पले तहस नहस बनाएको नेपालि भूमिलार्इ सम्झिने प्रयास गरेकाछन् यसपटक गायक शिव परियारले ।
“यो टोपी जस्तै हाम्रो सगरमाथा छ, सगरमाथा जस्तै अटल हाम्रो त देशको झन्डा छ” बोलको गीत आफ्नो एघारौँ सांगीतिक संग्रह “शिवालय” मार्फत सार्वजनिक गरेका हुन् । आफ्नै स्वरमा रहेको उक्त गीतको शब्द रहेकोछ यमन सुबेदीको भने संगीत रहेकोछ किरण भुषालको । आफनो फेसबुकको वालमार्फत अनुरोध गर्दै भनेकाछन ……नमस्ते साथीहरु !! यदि तपाइँ आफूलाई नेपाली मान्नु हुन्छ अनि आफ्नो देशको झन्डालाई साँचिक्कै माया गर्नु हुन्छ भने तपाइहरुको लागि मैले मेरो एघारौं सांगीतिक संग्रह “शिवालय ” मार्फत ” एउटा नयाँ शैलीमा “यो झन्डा हाम्रै शिरमाथि फर्फराई रहन्छ “….. गीत उपहार स्वरुप पस्केको छु !! आशा छ आजका हरेक youth हरुलाई शिव परियारको यो नयाँ शैली मन पर्ने छ ! ।
बर्तमान नेपाली सांगीतिक धरातलमा निकै नै ब्यस्त र सफल गायकको रुपमा स्थापित बनेका छन् गायक शिव परियार । यस सांगीतिक क्षेत्रमा उनले थुप्रै पुरस्कारहरु पनि हात परिसकेकाछन् । रेडियो नेपालबाट ए ग्रेडको उपाधि, इमेज एफ एम अवार्ड, कालिका एफ एम अवार्ड, डिजिटल सिने अवार्ड, म्यूजिक खबर अवार्ड, बक्स अफिस अवार्ड, प्लेब्याक सिंगर को अवार्डका साथै नारायण गोपाल युवा संगीत पुरस्कार, तथा मोतीराम, सेतुराम गजल सम्मान बाट पनि सम्मानित भइसकेकाछन् । फिल्मी चलचित्र पार्श्व गायनमा पनि बाटो मोडेर गयाै, सुन्छु तिमीले मलार्इ जस्ता उत्कृष्ट गीत दिँदै आएकाछन् । उनले गाएका चर्चित गीतहरुमा संगी, अलिकति नजरतिम्रो, पागल बनायाै प्रिय, क्या दामी भो, सुन्छु तिमीले मलाइ, बाटो मोडेर गयाै, दिल चोरेर फरार भो, रुपौली रानी जस्ता थुप्रै गीतहरु पर्दछन् । हालसम्म उनले निकालेका एल्बमहरुमा, स्वयम, कादम्बिनी, क्या दामी, फाटेको मन, पागल, कथाले मागेपछि, अन्ली यू, मेरो साथी, टाढाको साथी, शिवबुक र शिवालय पर्दछन । सांगीतिक यात्राकै क्रममा उनले लगभग एक दर्जनभन्दा बढी मुलुकहरुको भ्रमण पनि गरिसकेका छन् ।
एघारौं सांगीतिक संग्रहबाट देश प्रेममा ओतप्रोत भएर गाएको उक्त गीतले उनको देशप्रेम प्रतिको भावना पनि झल्काएकोछ । संगीत सबैको लागि प्यारो हुन्छ र सबैको रोजाई फरक फरक हुन्छ भन्ने मान्यता राख्ने गायक शिव परियारले सबै खालका दर्शक स्रोतालाई समेट्ने प्रयास गर्न खोजेका छन् । देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय झन्डा, सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान बुद्दलाई समेटेर गाएको यो नया सांगीतिक सौगातले पनि उनको सांगीतिक धरातलमा छुट्टै पहिचान बनाउन मद्दत पुग्न सक्नेछ । प्रवासमा बस्ने नेपालीहरुका लागि पनि नेपाली मन र नेपाली पनको याद दिलाउने प्रयास गर्नेछ यो गीतले ।