अमेरिकामा ‘जुनियर अनलाइन डान्स’ प्रतियोगिता गरिंदै

गोर्खा अनलाइन रेडियो, लन्डन

अमेरिकाको वोहायोस्थित नक्षत्र फाउण्डेसनले जुनियर अनलाइन डान्स प्रतियोगिताको आयोजना गर्ने भएको छ । संसारभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई न्यूनीकरण गर्नको लागि गरिएको लकडाउनका कारण अहिले सम्पूर्ण पठनपाठन अनिश्चितकालको लागि बन्द भएका छन् ।

सोहि अवस्थालाई मध्यनजर गर्दै अनलाइन डान्स प्रतियोगिताको आयोजना गरिएको नक्षेत्र फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीले बताएका छन् । आफूसंग भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा ५ वर्षदेखि १६ वर्ष उमेर समूहका अमेरिकाका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन ।

प्रतियोगितामा सहभागिता जनाउनको लागि यहि मे ९ तारिखभित्र अनलाइन मार्फत फारम भर्नुपर्नेछ । प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरुले आफ्नो एकल नृत्य प्रस्तुत गरिएको भिडियो क्लिप पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागितामध्य उत्कृष्ट तीन जनालाई पुरस्कृत गरिने आयोजकले बताएको छ ।

जसअनुसार प्रथम हुनेले १५ सय डलर, दोस्रो हुनेले एक हजार डलर र तेस्रो हुनेले ७ सय डलर पुरस्कार हात पार्नेछन । प्रतियोगिताको नतिजा अनलाइन मार्फत नै सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा भाग लिनको लागि फारम दर्ता गर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित