गोर्खा अनलाइन रेडियो
लन्डन । भनिन्छ संगीतको कुनै सिमा हुदैन । कसैको संगीतमा झुम्ने चाहना, कसैको गुनगुनाउने त कसैको बाद्यबादन मार्फत आफ्नो सांगीतिक तिर्खा मेटाउने चाहना हुन्छ । विगतका दिनहरुमा गीतसंगीत सुन्ने र हेर्ने दर्शकहरुको भीड नगन्य थियो । अहिले समय भिन्नै छ महाविनासकारी कोरोना प्रकोपका कारण संसार प्राय लक डाउन छ् ।
यही लक डाउनको मेसो छोपी नेपाली दर्शकको संगीतिक तिर्खा मेटाउनको लागि एक पछी अर्को म्युजिक भिडियोको लागि काम गर्न व्यस्त छन बिजय घिमिरे । प्राय शब्द,संगीत,छायाँकन,सम्पादन सबै उनी आँफै गर्छन । मेहिनेती बिजयलाई पहिले कभर सिङगर को उपमा दिएर धेरैले माया दिए, आफ्नो साङगितिक कर्म लाई निरन्तरता दिईरहे अहिले प्राय जसो आफ्नै गीत गाउछन र फरक शैलीमा आफूलाई चिनाउन प्रयासरत छन ।
भिजे म्यूजिक नामको युट्युब च्यानल मार्फत दर्शक श्रोता लाई साङगितिक कोशेली पस्किरहेका हुन्छन । एक हप्ता अघी मात्र घिमिरेले स्विजरल्यान्डका बिभिन्न ठाउँमा छायाँकन गरिएको म्यूजिक भिडियो जानीनजानी रिलिज गरे । श्रीमती प्रिती घिमिरेले साथ दिएको गीतमा घिमिरे जोडीको आकर्षक अभिनय देख्न सकिन्छ । उनका प्राय सबै गीतको छायाँकन यूरोपका बिभिन्न ठाउँमा भएको छ ।
करिब एक बर्ष अघी आइसल्यान्डका बिभिन्न ठाउँमा शुटिंग गरी तयार पारीएको गीत आजको दिन सम्म पनि नेपाली साङ्गितिक ईतिहासकै पहिलो भएको दाबी गर्छन् घिमिरे । एक हप्ता मात्रा पूरा नहुँदै भर्खर मात्र उनले एउटा म्युजिक भिडियो रिलिज गरेका छ्न । आर्ट इन मोसनको प्रस्तुती ‘कसरी’ बोलको भिडियोमा घिमिरेसँगै निकिता थापाको संयुक्त शब्द, स्वर र संगित सुन्न सकिन्छ ।
शब्द तथा स्वर सँगै आकर्षक भिडियोले दर्शकको मन जित्नेमा ढुक्क छन घिमिरे । जे. अथरद्वारा संगीत उत्पादन गरिएको गीतलाई बेलायतका बिभिन्न स्थानमा छायान्कन गरिएको छ जसलाई ज्याक राईले कुशलता पूर्वक निर्देशन गरेका छन ।
भिडियोको लागि तल लिन्क मा क्लिक गर्नु होला ।