गैरआवासीय नेपाली संघले नियात्रा संग्रह प्रकाशन गर्ने

गोर्खा अनलाइन रेडियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, सस्कृती र सम्पदा समितिले प्रवासमा रहेर साहित्यकर्ममा लागि रहेका लेखकहरुका नियात्रा सङ्ग्रह प्रकाशन गर्ने भएको छ। संसारका सबै महादेशमा रहेका नेपाली लेखकहरुका यात्रा अनुभुतीहरु समेटिने उक्त सङ्ग्रहमा नेपाली लेखकहरुले बिश्वका कुनाकाप्चाको भुगोल, सस्कृती, सम्पदा, जनजीवन र समाजको अनुभव नेपाली साहित्यका पाठकलाई स्वादिलो रुपमा पस्कने छन।

सन २०२० भित्रै प्रकाशन गरि सक्ने लक्ष्य राखिएको उक्त संग्रहका लागि संघका भाषा, साहित्य, सस्कृती तथा सम्पदा समितिका अध्यक्ष एवं पुर्ब कोषाध्यक्ष हिक्मत थापाले जुलाई ३०, २०२० सम्म रचनाहरु संकलन गरि सक्ने बताउनु भएको छ।

संसारका विभिन्न देश र क्षेत्रमा रहेका प्रवासी नेपाली साहित्यकारहरुले बसेको वा घुमेको देशका बिबिध स्वरुपलाई उत्कृष्ट रुपमा नियात्राको रुपमा प्रस्तुत गर्ने र यो संग्रहले पाठकहरुलाई विभिन्न नेपाली लेखकहरु सङ्गै रोचक रुपमा संसार घुमाउने हाम्रो बिश्वास छ।

समितिका सहअध्यक्ष महेश्वर पन्तको भनाइ रहेको छ। उनका अनुसार २० देखि २५ लेखकका रचनाहरु उक्त संग्रहमा रहने र संग्रह लगभग ३०० पृष्ठको रहनेछ। समितिले यस संग्रहका साथै गैरआवासीय लेखकहरुको गजल सङ्ग्रह र गैरआवासिय नेपाली लेखकहरुको अभिलेख पनि साथ साथै प्रकाशन गर्ने तयारी गर्दैछ।

—

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित