बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

गोर्खा अनलाइन रेडियो
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । गत २ मार्चदेखि २८ अप्रिलसम्मको तथ्यांकको आधारमा मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको बीबीसीले जनाएको छ । बेलायत सरकारले पहिलोपटक केयरहोम लगायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्यालाई सार्वजनिक गरेको हो ।

तेस्तैगरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी ८५ जना र २३ जना केयर वर्कर सहित १ सय ८ जनाको निधन भएको बताइएको छ । कोरोना संक्रमणका कारण अस्पताल बहिर केयर होम लगायतमा भएका निधनलाई समावेस नगरिएको भन्दै गरिएको विरोधका कारण आज केयर पहिलोपल्ट होममा भएको निधनको पनि तथ्यांक सार्वजनिक गरिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

पछिल्लो तथ्यांक अनुसार बढी मृत्यु हुने मुलुकहरुमध्य बेलायत अमेरिका र इटालीपछिको तेस्रो स्थानमा परेको छ । कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्यांक छ । कोरोनाबाट विश्वभरीमा हालसम्म झन्डै २ लाख २० हाजार मानिसहरुको मृत्यु भैसकेको छ ।
राटोपाटी / नरेन्द्र बस्नेत

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित