एनआरएनएद्वारा कोभिड-१९ राहत तथा उद्दार अबधारणा पत्र नेपाल सरकारलाई हस्तान्तरण

गोर्खा अनलाइन रेडियो

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस रोग अर्थात कोभिड-१९ राहत तथा उद्दार काययक्रम संबन्धि अबधारणा पत्र २०२० नेपाल सरकारलाई बुझाएको छ। ‘Non-Resident Nepali Association (NRNA) COVID-19 Relief and Repatriation Program 2020’ नामको उक्त अवधारणा पत्र संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार कार्यदलका संयोजक डा बद्रि केसीको संयोजनमा तयार पारिएको हो । पत्रलाई संघको कार्यकारी बैठकले पारित गरि नेपाल सरकारलाइ बुझाएको छ।

अबधारणा पत्रमा बिशेष गरि कोभिड १९ र यसबाट नेपालीहरुको विश्व समुदायमा परेको अप्ठेरो, तत्कालको लागि गर्नुपर्ने काम र नेपाल सरकारको सहयोगबारे उल्लेख गरिएको छ। काययक्रमको सञ्चालन र व्यवस्थापन संबन्धि कार्यविधि पनि पत्रमा उल्लेख गरिएको छ।

खासगरी उद्धार, राहत र उपचारमा केहि सहयोग गर्ने कुरामा पत्र तयार गरिएको छ। यसका लागि संघले ५ करोडको सिडमनी राख्ने र नेपाल सरकारको बैदेशिक रोजगार कल्याणकारी कोष अथवा अन्य कोषबाट १५ करोड रुपैया गरि जम्मा २० करोड रुपैयाको कोष बनाउने प्रस्ताव गरिएको छ।

पत्रमा उद्धार र राहत संघका राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय तह, डायस्पोराका विभिन्न संघ-सँस्था र नेपाल सरकारका मिशन, राजदूतावास समेतको संयोजनमा काम गरिने कुरा प्रस्ताव गरिएको छ। राहत र उद्धार गर्नुपर्ने व्यक्ति र परिवारहरुको लागि अनलाइन डाटा कलेक्शन गर्ने, संघको हटलाइन फोन सेवाबाट सूचना लिने जस्ता विधिको समेत उल्लेख गरिएको छ। संघका प्रवक्ता डिबी क्षेत्रले सो अबधारणा पत्र संघको वेबसाइटमा समेत अपलोड गरिने जानकारी दिनुभएको छ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित