बेलायतमा कोरोनाबाट ३३ नेपालीको मृत्यु ४० भन्दा बढी संक्रमित

बेलायतमा १४ अप्रिल दिउँसो तीन बजेसम्म कुल मृतक संख्या
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट मृत्यु हुने गैर आवाआसीय नेपालीहरुको संख्या ३३ पुगेको लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । तेस्तैगरी बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएकोछ र २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा करिब दुई दर्जनजति भूपू गोर्खाहरु रहेका छन् ।

तेस्तैगरी कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु पनि रहेका छन । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ । बेलायतमा विशेषगरि पूर्व गोर्खाहरु बढी भएकोले बृद्धबृद्धाहरुको संख्या धेरै भएकोले कोरोनाको निकै प्रभाव पर्ने देखिन्छ ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् । विश्वभरी कोरोनाबाट मृत्यु हुने २० हजार माथिका मुलुकहरु अमेरिका, स्पेन, इटाली र फ्रान्सपछी बेलायत पाचौं स्थानमा रहेको छ । अहिलेसम्म कोरोनाको संक्रमणबाट विश्वमा २ लाख भन्दा बढीको ज्यान गैसकेको छ ।
राटोपाटी / नरेन्द्र बस्नेत

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित