बेलायतमा कोरोनाबाट २० हजार भन्दा बढीको मृत्यु,

कोरोना भाइरस अपडेट
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको छ । बेलायतको इंग्ल्याण्ड,वेल्स र स्कटल्याण्डको अस्पतालमा गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट थप ८ सय १३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

पछिल्लो जानकारी अनुसार इंग्ल्याण्डमा ७ सय ११ जना, स्कटल्याण्डमा ४७ जाना र वेल्समा २३ जनाको निधन भएको छ भने नर्दर्न आएरल्याण्डको अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन । बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्यांक छ । कोरोनाबाट विश्वभरीमा हालसम्म झन्डै २ लाख मानिसहरुको मृत्यु भैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित