
कोरोना भाइरस अपडेट
पछिल्लो जानकारी अनुसार इंग्ल्याण्डमा ७ सय ११ जना, स्कटल्याण्डमा ४७ जाना र वेल्समा २३ जनाको निधन भएको छ भने नर्दर्न आएरल्याण्डको अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन । बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ भने गएको २४ घन्टामा ४ हजार ९ सय १३ जना थप संक्रमित भएका छन् ।
कोरोनाको संक्रमणबाट ३३ जना नेपालीहरुको मृत्यु भएको आधिकारिक तथ्यांक छ । कोरोनाबाट विश्वभरीमा हालसम्म झन्डै २ लाख मानिसहरुको मृत्यु भैसकेको छ ।