बेलायतमा ३३ वर्षीय युवतीसहित थप तीन नेपालीको कोरोनाबाट निधन

लण्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट थप ३ जनाको निधन भएको छ । हालसम्म निधन हुनेमध्य ३२ वर्षीय नाछिरिंग राई सबैभन्दा कम उमेरकी नेपाली युवती हुन् । बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारको क्रममा कोरोनाका संक्रमणका कारण निधन भएको हो ।

लामो समयदेखी मृगौला सम्बन्धि पीडित स्व. राईलाई श्वासप्रश्वासमा समस्या देखिएपछी एकहप्ता अघि अस्पताल भर्ना गरिएको थियो । खोटांग जिल्लाको ऐसेलुखर्क पुर्ख्यौली घर भएकी राई पछील्लो समय धरान १७ मा बस्दै आएकी थिइन् ।

गतवर्ष मात्र बेलायत आएकी मृतक राई बेलायतको नानिटनमा आफ्ना आमाबाबा र बहिनीका साथमा बस्दै आएकी थिइन् । पूर्व गोर्खा डाकबहादुर राईकी छोरी मृतक राई अविवाहित नै थिइन् ।

कोरोना संक्रमणकै कारण अर्का एकजना नेपालीको पनि निधन भएको छ । सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका झापा जिल्लाको खुदुनाबारी निवासी ६५ वर्षीय हंसराज लिग्देलको पनि कोरोना संक्रमणका कारण निधन भएको बताइएको छ । मृतक लिंग्देल झापाको जनता माध्यामिक विद्यालय खुदुनावारीका पूर्व प्रधान अध्यापक हुन् ।

तेस्तै बेलायतको व्ह्वाइटसिटीमा बस्दै आएका पूर्व गोर्खा सैनिक एवं साहित्यकार ७२ वर्षीय गोपाल शाहीको पनि बुधबार कोरोनाको संक्रमणबाट निधन भएको छ । मृतक शाहीलाई गतवर्ष हृदयघात भएको थियो, उनि ढाडको समस्याबाट समेत पीडित थिए ।

पुर्ख्यौली घर प्युठान भएपनि पछिल्लो समय पछिल्लो समय भैरहवा बस्दै आएका थिए । मृतक शाही बेलायतमा हुने साहित्यिक गतिविधिमा समेत संलग्न हुँदै आएका थिए । बेलायतमा उनि श्रीमतीका साथ् बस्दै आएका थिए ।

बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई दर्जन पुगिसकेको छ । तेस्तै बेलायतमा कोरोनाबाट १८ हजार ७ सय जनाले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित