बेलायतमा कोरोनाबाट करिब १९ हजारको निधन

राटोपाटी

कोरोना भाइरस अपडेट
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ । गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ६ सय ३८ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

मृत्यु हुनेको संख्या हिजोको तुलनामा आज केहि कम भएको हो । पछिल्लो जानकारी अनुसार इंग्ल्याण्डमा ५ सय १४ जना, स्कटल्याण्डमा ५८ जाना र वेल्समा १७ जनाको निधन भएको छ भने नर्दर्न आएरल्याण्डको भने अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन ।

अहिलेसम्म इंग्ल्याण्डमा १६ हजार ७ सय ८६ स्कटल्याण्डमा १ हजार १ सय २० वेल्समा ६ सय ४१ र नर्दर्न आएरल्याण्डमा २१६ (हिजोको तथ्यांक) जना गरि अस्पताल हाताभित्र मृत्यु हुनेको संख्या कुल १८ हजार १ सय पुगेको हो । बेलायतमा १ लाख ३८ हजार ७८ जना कोरोनाबाट संक्रमित भएकोमा अहिले १ लाख १८ हजार ९ सय ९६ जना सनाक्रमित रहेका छन् । गएको २४ घन्टामा ४ हजार ५ सय ८३ जाना थप संक्रमित भएका छन् ।

तेस्तै हालसम्म बेलायातमा २० जना नेपालीहरुको निधन भैसकेको आधिकारिक तथ्यांक छ । संसारभरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार पुग्न लागिसकेको वर्ल्डओमिटरले उल्लेख गरेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित