कोरोनाबाट बेलायतमा ४८ वर्षीय गुरुंगको निधन

राटोपाटी
लण्डन । कोरोना भाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । लन्डनको वेम्बलीमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुंगको लण्डनको नार्थवीक पार्क अस्पातालमा उपचारका क्रममा निधन भएको तमु समाज यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङले जानकारी गराएका छन् ।

एक दशक अघि उनको मुटुको भल्भ फेरिएको र हिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको गुरुंगले बताएका छन् । उनि मृतकका आफन्त समेत हुन् । गतसाता मंगलबार अस्पताल भर्ना भएका गुरुंगको बुधबार बिहान निधन भएको हो । यसघि नै उनलाई कोरोनाको पुष्टि भैसकेको थियो । लम्जुङ्ग जिल्ला आमाडाडा पुरानो गाउ पोखरा १० मिलन टोल , पुर्ख्यौली घर भएका मृतक स्व. गुरुङ सन् २००७ मा हंकंगबाट बेलायत आएका थिए । उनकी श्रीमती र एक छोरा बेलायतमा नै बस्दै आएका छन् ।

हिजोमात्र बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोनाकै कारण निधन भएको थियो । बेलायतमा कोरोनाबाट २० जना जतिको निधन भैसकेको छ । आजसम्म बेलायतमा १८ हजार भन्दा बढीको कोरोनाका संक्रमणका कारण निधन भैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित