बेलायतमा कोरोनाबाट १८ हजार भन्दा बढीको मृत्यु

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट मृत्यु हुनेको संख्या १८ हजार १ सय पुगेको छ । गएको २४घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ७ सय ६३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

पछिल्लो जानकारीअनुसार इंग्ल्याण्डमा ६ सय ६५ जना, स्कटल्याण्डमा ७७ जाना र वेल्समा १५ जनाको निधनभएको छ भने नर्दर्न आएरल्याण्डको भने अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन ।अहिलेसम्म इंग्ल्याण्डमा १६ हजार २ सय ७२, स्कटल्याण्डमा १ हजार ६२, वेल्समा ६ सय२४ र नर्दर्न आएरल्याण्डमा २१६ (हिजोको तथ्यांक) जना गरि अस्पताल हाताभित्र मृत्युहुनेको संख्या कुल १८ हजार १ सय पुगेको हो । हालसम्म बेलायतमा १ लाख ३३ हजार ४ सय९५ जना कोरोनाबाट संक्रमित रहेका छन् भने गएको २४ घन्टामा ४ हजार ४ सय ५१ जाना थपसंक्रमित भएका छन् ।

तर विभिन्न अध्ययनका अनुसार हाल जारी गरिएको तथ्यांक भन्दाबेलायतमा कोरोनाबाट  मृत्यु हुनेको संख्यादोब्बर भन्दा पनि बढी भएको बताइएको छ । राष्ट्रिय तथ्यांक विभाग (ओएनएस) ले अप्रिल२३ सम्ममा मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी भएको तथ्यांक सार्वजनिक गरेकोथियो भने फ़ाइनान्शियल टाइम (एफटी) ले बेलायतमा कोरोनाको संक्रमंबाट मृत्यु हुनेकुल संख्या ४१ हजार भन्दा बढी भएको तथ्यांक प्रस्तुत गरेको छ ।

जुन तथ्यांक अनुसारकोरोनाबाट अस्पताल लगायत केयर होम, प्राइभेट रेसिडेन्ट लगायतका मृतकलाई समावेसगरिएको बताइएको छ । 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित