बेलायतमा ४९ वर्षीय गुरुङको कोरोना संक्रमणबाट निधन  

गोर्खा अनलाइन रेडियो
लण्डन । कोरोना भाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमाअर्का एक नेपालीको निधन भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ निधन भएको छ । कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतकगुरुङ हंगकंग हुँदै बेलायत आएका हुन् ।

बेलायतमा आफ्नो परिवारका साथ् बस्दै आएका मृतकगुरुङका श्रीमती र एक छोरा छन् । पारिवारिक स्रोतका अनुसार ढाडको समस्याबाट पीडित रहेकास्व. गुरुंगको गत डिसेम्बरमा काठमान्डौस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको थियो ।तेसपछी केहिसमय आराम गरेर फेब्रुअरीको पहिलो साता उनि बेलायत एका थिए ।

ढाडकोसमस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुंगलाई श्वासप्रश्वासमासमस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेरउपचार गरिएका गुरुंगको दुई दिनपछि निधन भएको थियो ।

दुई दिनपछि अस्पताललेपरिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोनाभाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिए। मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाटमृत्य हुने गैर आवासीय नेपालीहरुको संख्या १९ जना पुगिसकेको छ ।

मृत्यु हुनेहरुमा करिबएक दर्जन जति पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।  

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित