गोर्खा अनलाइन रेडियो
लन्डन, फेसबुकको स्वामित्वमा रहेको लोकप्रिय सोशल मिडिया व्हाट्सएपले थप नयाँ फीचर प्रदान गर्ने भएको छ । नयाँ फीचर अन्तर्गत ८ जाना व्याक्तिसंग ग्रुपमा अडियो वा भिडियो च्याट गर्न सकिनेछ । यस भन्दा पहिला एक व्यक्तिसंग मात्र च्याट गर्न मिल्ने सुविधा रहेको थियो ।
लकडाउनको अवसरमा मानिसहरुलाई साथीभाईहरुसंग सम्पर्कमा सहज गराउने उद्देश्यले उक्त फीचर प्रदान गरेको बताइएको छ । उक्त नयाँ फीचरलाई ‘वाबेटाइन्फो’ कम्पनिले बेटा भर्सनको रुपमा संचालन गर्न लागेको हो । नयाँ फीचर आईओएस र एन्ड्रोइड दुवैका नयाँ भर्सनमा प्रयोग गर्न सकिने ‘वाबेटाइन्फो’ ले जानकारी दिएको छ ।
पछिल्लो समयमा ग्रुप भिडियोमा लोकप्रियता पाएका हाउसपार्टी त जुम जस्ता कम्पनिसंगको प्रतिस्पर्धामा व्हाट्सएपले यो नयाँ सुविधा प्रदान गर्न लागेको हो । उक्त नयाँ फीचर लकडाउनको अवधिमा ग्रुप (अडियो वा भिडियो) मा कुराकानी गर्न र साथिभाइसंग समय बिताउन प्रभावकारी हुने भएको छ ।