माल्टावासी नेपालीहरुद्वारा माल्टाको अस्पताललाई सहयोग

गोर्खा नालाइन रेडियो

माल्टा । नेपाली जनसम्पर्क समिती माल्टा र माल्टा नेपाल फ्रेन्डशिप एसोसिएसनले कोरोना संक्रमण विरुद्द लड्न माल्टाको अस्पतालमा सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को संक्रमणले गर्दा सम्पूर्ण विश्व नै समस्यामा परेको छ ।

उपचारमा समलाग्न सुरक्ष्याकर्मीहरुलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट(पीपीई) को अभावले उनीहरु आफ्नो ज्यानलाई जोखिममा पारेर काम गर्न बाध्य भएका छन् । सोहि अवस्थालाइ मध्यनजर गर्दै नेपाली जनसम्पर्क समिती माल्टाले प्रवासमा बस्ने नेपालीहरुमा राहत बितरणको लागि गैर आवासीय नेपाली संघ माल्टासँग सहकार्य गर्ने भएको छ ।

अफू बसेको देशमा पनि केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाका साथ आज माल्टामास्थित स्नट भिनचेन्ट डि पाउला अस्पताललाई १ सय ५१ थान फेस भाइजर हस्तान्तरण गरेका छन् ।

नेपाली जनसम्पर्क समिती माल्टाको कोषाध्यक्ष शंकर खत्रीले दिएको जानकारी अनुसार, नेपाली जनसम्पर्क समिती माल्टा र नेपाल माल्टा फ्रेन्डशिप एसोसिएसनको संयुक्त पहलमा उक्त कार्य गरिएको थियो ।

कार्यक्रममा नेपाल माल्टा फ्रेन्डशिप एसोसिएसनका उपसभापति सोम सापकोटाले प्रवासमा रहेर पनि रचनात्मक काम गरेर विश्वलाई कोरोनाको महामारीबाट लड्न सहयोग पुर्याउन सकिने बताएका थिए ।

नेपाली जनसम्पर्क समिती माल्टा र माल्टा नेपाल फ्रेन्डशिप एसोसिएसनद्वारा हस्तान्तरन गरिएका फेस भाइजर लिदैं अस्पतालका निर्देशक जोस्टसियन कटायरले सबै माल्टा बस्ने नेपालीहरुलाइ यस सह्रानिय कार्यका लागी धन्यवाद ज्ञापन गरेका थिए ।

जनसम्पर्क समिती माल्टाका उपसभापती रेमलाल खनाललको संयोजनमा सभापती सन्देश केशीले उक्त सहयोग हस्तान्तरण गरेको नेपाली जनसम्पर्क समिती माल्टाका महामन्त्री उज्जवल केशीले जानकारी दिएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित