बेलायतमा ८३ वर्षीय भूपू गोर्खाको कोरोना संक्रमणबाट निधन

गोर्खा अनलाइन रेडियो

लण्डन । कोरोना भाइरस (कोभीड १९) को संक्रमणबाट बेलायतमा एकजना भूपू गोर्खाको निधन भएको छ । बेलायतको फार्नबरोमा बस्दै आएका८३ वर्षीय भूपू गोर्खा बुद्धबल गुरुङको बुधबार राती स्थानीय ‘फ्रिमली पार्क अस्पताल’मा उपचारकै क्रममा निधन भएको हो । उनलाई गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कोरोना ‘पोजिटिभ’ देखिएकी उनकी श्रीमतीलाई भने घरमै ‘आइसोलसन’ मा बस्न लगाइएको थियो र अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ । मृतक गुरुंग दुई छोराहरुका साथमा बेलायतमा बस्दै आएका थिए । सन् २००९ देखि बेलायत बस्दै आएका गुरुंगका दुई छोरा र एक छोरी छन ।

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका ७ काप्रे स्थायी घर भएका गुरुङलाई धेरै पहिला प्यारालाइसिस भएको र उनको नियमित फिजियो गरिंदै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट झन्डै डेढ दर्जन नेपालीहरुले ज्यान गुमाइसकेको तथ्यांक छ । जसमध्य अधिकांश मृत्यु हुनेमा भूपू गोर्खाहरु रहेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित