गोर्खा अनलाइन रेडियो

बेलायतमा लकडाउन
मृत्युदर र संक्रमित संख्यामा नियन्त्रण नभएपछी लकडाउनको अवधि पुन तीन हप्ताको लागि थपिएको हो । प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले विभिन्न महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन जारी राख्ने जानकारी दिएका छन् ।
राबद्वारा प्रस्तुत पांच बुंदाहरु यसप्रकार छन्,
– पूरा देशका लागि आवश्यक स्वास्थ्य सेवा दिन राष्ट्रिय स्वास्थ्य सेवा(एनएचएस) सक्षम नभएसम्म,
– कोरोनाका कारण दैनिक रुपमा भैरहेको मृत्युदरमा कमी आएसम्म
– संक्रमणको दर आशा गरेअनुसार तल्लो स्तरसम्म नआएसम्म,
– भविष्यको आवश्यकताकालाई ध्यानमा राख्दै टेस्टिङ किट र पीपीआई उपकरणको आपूर्ती पूर्ण रुपमा सुनिश्चित नभएसम्म र
– जबसम्म कोरोनाभाइरस पुनः देशका लागि खतरा बन्ने छैन भनेर सुनिश्चित नभएसम्म
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको तथ्यांकअनुसार बिहीबारमात्र बेलायतमा थप ४ हजार ६ सय १७ जना संक्रमित भएका छन् । तेस्तै बिहीबारको जारी तथ्यांक अनुसार कोरोनाका संक्रमणका कारण गएको २४ घन्टामा अस्पतालमा थप ८ सय ६१ जानले ज्यान गुमाएका छन् ।
विगत केहि दिनको तुलानामा कोरोनाबाट मृत्यु हुनेको संख्या केहि बृद्दी भएको हो । अहिलेसम्म बेलायतमा मात्र कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ हजार ७ सय २९ पुगेको छ । कोरोनाबाट संक्रमित हुनेको संख्या पनि १ लाख ३ हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा इंग्ल्याण्डमा ७ सय ३१, स्कटल्याण्डमा ८०, वेल्समा ३२ र नर्दन आयरल्याण्डमा १८ जनाको मृत्यु भएको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । विश्वभरिमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४४ हजार नाघिसकेको छ ।





