बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो

गोर्खा अनलाइन रेडियो

बेलायतमा १४ अप्रिल दिउँसो तीन बजेसम्म कुल मृतक संख्या
लन्डन । बेलायतमा कोरोना भाइरस (कोभीड १९) बाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । मंगलबार दिउँसो तीन बजेसम्म सार्वजनिक तथ्यांक अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले पछिल्लो २४ घन्टामा थप ७ सय ७८ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

तेस्तै थप ५ हजार २ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म बेलायतमा संक्रमित हुनेको संख्या कुल ९३ हजार ८ सय ७३ पुगेको छ । कोरोनाको संक्रमणबाट कम्तिमा ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन् । बेलायतमा ज्यान गुमाउने नेपालीहरुको संख्या आधिकारिक रुपमा ९ जना भएपनि यसको वास्तविक संख्या यसभन्दा दोब्बर हुन् सक्ने अनुमान गरिएको छ ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुमा ६ जाना भूपू गोर्खा सैनिक रहेका छन् । राष्ट्रिय तथ्यांक विभागले जानकारी दिएअनुसार मृत्यु हुनेको संख्या हाल सार्वजनिक गरिएको अस्पतालको रेकर्ड भन्दा बढी हुनसक्ने बताएको छ । अस्पताल भन्दा बाहिर प्राइभेट रेसिडेन्ट र केयरहोममा समेत मृत्यु भएको तथ्यांकलाई जोड्दा मृतकको संख्या १३ हजार भन्दा बढी हुन सक्ने राष्ट्रिय यथ्यांक विभागले बताएको छ ।

कोरोनाबाट विश्वभरिमा झन्डै १ लाख २२ हजारले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित