गोर्खा अनलाइन रेडियो

बेलायतमा १४ अप्रिल दिउँसो तीन बजेसम्म कुल मृतक संख्या
तेस्तै थप ५ हजार २ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म बेलायतमा संक्रमित हुनेको संख्या कुल ९३ हजार ८ सय ७३ पुगेको छ । कोरोनाको संक्रमणबाट कम्तिमा ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन् । बेलायतमा ज्यान गुमाउने नेपालीहरुको संख्या आधिकारिक रुपमा ९ जना भएपनि यसको वास्तविक संख्या यसभन्दा दोब्बर हुन् सक्ने अनुमान गरिएको छ ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुमा ६ जाना भूपू गोर्खा सैनिक रहेका छन् । राष्ट्रिय तथ्यांक विभागले जानकारी दिएअनुसार मृत्यु हुनेको संख्या हाल सार्वजनिक गरिएको अस्पतालको रेकर्ड भन्दा बढी हुनसक्ने बताएको छ । अस्पताल भन्दा बाहिर प्राइभेट रेसिडेन्ट र केयरहोममा समेत मृत्यु भएको तथ्यांकलाई जोड्दा मृतकको संख्या १३ हजार भन्दा बढी हुन सक्ने राष्ट्रिय यथ्यांक विभागले बताएको छ ।
कोरोनाबाट विश्वभरिमा झन्डै १ लाख २२ हजारले ज्यान गुमाइसकेका छन् ।





