नेपाली लिंक डट कमको औपचारिक शुरुवात, शुभकामना भिडियो सहित

गोर्खा अनलाइन रेडियो

लन्डन । नेपाली नयाँ वर्ष २०७७ को आगमनसंगै आफ्नो प्रकाशनको औपचारिक यात्रा शुभारम्भ गरेको नेपाली लिंक डटकम न्यूज पोर्टललाई राजदूतसहित विभिन्न एनआरएनए अभियन्ता र पत्रकारले सफलताको शुभकामना दिएका छन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए केन्द्रिय अध्यक्ष कुमार पन्त, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगी मगरले बेग्लाबेग्लै भिडियो सन्देशमा नेपाली लिंक डट कमको सफलताको शुभकामना दिएका हुन् ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली लिंकको सञ्चार यात्रामा सहयोग गर्न दूतावास सदैव सहर्ष तत्पर रहेको बताउंदै व्यक्त भिडियो सन्देश यसप्रकार छ ।

एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाली लिंकले गैर आवासीय नेपाली संघको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा सहितको भिडियो सन्देश यसप्रकार छ ।

चाहे यूके,नेपाल वा विश्वको जुन कुना होस्, अहिले यथार्थपरक र तथ्यपरक सूचनाको अत्यन्त खांचो रहेको बताउंदै नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगी मगरद्वारा व्यक्त भिडियो सन्देश ।

नेपाली लिंकले संसारभर छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई मातृभूमि नेपाल र नेपालीबीच लिंकको रुपमा काम गर्ने आशा राख्दै एनआरएनए यूके अध्यक्ष पुनम गुरुङद्वारा व्यक्त भिडियो शन्देश ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित