गोर्खा अनलाइन रेडियो
लण्डन । कोरोना भाइरस ( कोभिड १९) को संक्रमणले बेलायतको रेडिंगमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ । रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको मृतकका आफन्तले बताएका छन् । अस्पताल भर्ना भएपछी उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखिएको थियो ।
नियमित रुपमा शारीरिक व्यायाम गर्ने गुरुङलाई खासै अन्य रोग नरहेको बताइएको छ । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए । ‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केहि वर्ष पहिला घान्द्रुक समाज रेडिंगका अध्यक्ष समेत रहेका थिए ।
अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गैसको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ भने बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।





