कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज, तत्काल काममा नफर्कने

गोर्खा अनलाइन रेडियो


लण्डन । कोरोना (कोभीड १९) बाट संक्रमित भएका कारण लण्डनको लण्डनको सेन्ट थोमस अस्पतालमा उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसका संक्रमणका कारण स्थिति थप जटिल बन्दै गएपछि प्रधानमन्त्री जोन्सनलाई गत आइतबार लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

५५ वर्षीय जोन्सनको स्वास्थ्यअवस्था थप समस्या देखिएपछि उनलाई सोमबारदेखि तीन रात ‘आइसियू’ मा सारिएको थियो । उनको स्वास्थ्यमा सुधार देखिएको भन्दै विहीबार साँझ उनलाई ‘आइसियू’ बाट फेरि सामान्य वार्डमा फिर्ता ल्याइएको थियो । आज मात्र अस्पतालबाट डिस्चार्ज गरिएका प्रधानमन्त्री बोरिस जोन्सनले बाँकी समय प्रधानमन्त्रीको कार्यालय डाउनिंग स्ट्रिटभन्दा ४१ माइल टाढा ‘चेकर्स’ बकिंगहमशाएरमा गएर आराम गरेर बिताउने बताइएको छ ।

स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार उनि तत्कालै काममा भने नफर्कने भएका छन् । प्रधानमन्त्री जोन्सनले आफ्नो उपचार र रेखदेखमा खटिएका स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दै आभार प्रकट गरिसकेका छन् । कोरोना संक्रमणका लक्षणहरु देखिएर ‘आइसोलेसन’ मै बसेकी प्रधामन्त्रीकी गर्भवती प्रेमिका क्यारी साइमण्ड्सले प्रधानमन्त्रीको ‘डिस्चार्ज’ पछि ट्रवीटरमार्फत खुशी व्यक्त गरेकी छन् । उनले जोन्सनलाई एक प्रेमपत्रका साथ् पेटमा रहेको बच्चाको बेबीस्क्यान समेत पठाई सकेकी छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित