बेलायतमा कोरोनाबाट एकैदिन ९५३ को मृत्यु

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गैरहेको छ । शुक्रबार प्राप्त पछिल्लो जानकारी अनुसार बेलायतमा गएको २४ घन्टामा थप ९ सय ५३ जनाको मृत्यु भएको मिररले उल्लेख गरेको छ ।

मृत्यु हुनेहरुमा ८ सय ६६ जना इंग्ल्याण्डमा, ४८ जना स्कटल्याण्डमा, २९ जना वेल्समा र १० जना नर्दर्न आएरल्याण्डका रहेका छन् । आज दिउँसो ३ बजेसम्मको तथ्यांकको आधारमा बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार १६ पुगेको छ । विश्वभरिमा कोरोनाबाट मर्नेको संख्या एक लाख नाघिसकेको छ ।

बेलायतको तापक्रम बढ्दै जाँदा लकडाउन उलंघन गर्नेहरुको पार्कमा भीड लाग्न थालेपछि कतिपय पार्कहरु बन्द गरिएका छन् भने प्रहरीले समेत निगरानी राख्ने गरेको छ । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीले सवारी साधन तथा पैदलयात्रीलाई सोधपुछ गर्न थालेको छ । आउँदो सोमबारबाट प्रथम चरणको तीन हप्ते लकडाउनको अवधि समाप्त हुँदैछ । कोरोना भाइरस संक्रमण र मृत्युदर बढ्दै गएका कारण लकडाउनको अवधि बढ्ने निश्चित छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित