एनआरएनएद्वारा नेपाल सरकारलाई ४ हजार ‘कोरोना परीक्षण किट’ सहयोग प्रदान

गोर्खा अनलाइन रेडियो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ४ हजार ‘टेस्ट किट’सहितको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार संघको दक्षिण कोरिया शाखाले संकलन गरेको सो सामग्री नेपाल सरकारलाई सहयोगस्वरुप शुक्रबार नेपाल पठाइएको हो ।

एनआरएनए दक्षिण कोरियाले खरिद गरेका ४ हजार टेस्ट किट र ५ सय वटा स्वास्थ्यकर्मीले लगाउने विशेष सुरक्षा उपकरण (पिपिई) नेपाल पठाएको हो । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ । जसमध्ये ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १५ थान, त्रिशुली अस्पताल, नुवाकोटलाई ५ थान, धौलागिरी ञ्ंचल अस्पताललाई २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरिने संघका महासचिव डा हेम राज शर्माले जनाए ।

एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिने र परीक्षण गरेको ३ घण्टामै नतिजा दिने सामग्री ल्याइएको संघले जनाएको छ । यस्तै, गैरआवासीय नेपाली संघ चीनको पहलमा ५ सय ५० ‘आईआर थर्मोमिटर’, २० हजार ‘पिपिई सेट’, १७ हजार ४ सय ‘केएन ९५ मास्क’, ४७ हजार ‘डिस्पोजेबल मास्क’ र ४० लाख पञ्जा शनिबार काठमाडौं पुग्ने जानकारी अध्यक्ष पन्तले दिए ।

‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको जाँच गर्ने प्रभावकारी हेल्थ किट किनेर पठाउने निर्णय गरेअनुसार ती सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनए कोरियाले जनाएको छ । दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिव एक करोड ४० लाख रुपिया जम्मा भएको थियो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्यसम्बन्धी सामग्री खरिद प्रक्रिया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले थप १ करोड बराबरको सामग्री यसैसाता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । कोरोना भाइरस संक्रमण भए नभएको रिजल्ट छोटो अवधिमै दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पूरा गरे पनि विमानस्थल अवरुद्ध हुदाँ केही ढिला भएको एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए ।

सहयोग समाग्री जुटाउन सहयोग गर्ने कोरिया, चीन र मकाउका गैरआवासीय नेपालीहरु र त्यहाँस्थित दूतावास एवम् नेपाल सरकारप्रति अध्यक्ष पन्तले आभार व्यक्त गरेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित