बेलायतका प्रधानमन्त्रीलाई निमिनिया नभएको र स्वास्थ्य सामान्य

लन्डन । कोरोना भाइरसबाट संक्रमण भएको दशौं दिनसम्म पनि अस्वस्थ रहेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई आइतबार साँझ लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । सास फेर्न भएको कठिनाइका कारण ५५ वर्षीय जोन्सनलाई सोमबार साँझ ७ बजे आइसियू कक्ष ( इन्टेन्सिभ केयर युनिट) मा सारिएको थियो ।

प्रधानमन्त्रीको कार्यालय १० डाउनिंग स्ट्रिटले आज दिएको  जानकारी अनुसार उनलाई निमोनिया नभएको र श्वासप्रश्वासको लागि बिना साधन उनि आफै सक्षम रहेको जनाएको छ । गएराति उनको स्वास्थ्य स्थिति सामान्य रहेको र उनलाई सामान्य अक्सिजनको प्रयोग गरिएको प्रधानमन्त्रीका प्रवक्ताले बताएका छन् । उनको उपचारमा भेन्टिलेटरको प्रयोग आवश्यक नपरेको पनि बताइएको छ ।

बेलायतकी महारानीले एलिजाबेथले  प्रधानमन्त्री  तथा उनकी गर्भवती प्रेमिका क्यारी साइमोंडको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एक शन्देश पठाएकी थिइन् । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण 5 हजार भन्दा बढीको ज्यान गैसकेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित