बेलायतमा थप ६ सय ८४ को मृत्यु,


लन्डन । कोरोना भाइरस (कोभीड१९) को संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ६ सय ८४ जनाको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ५ पुगेको छ । हिजो विहीबार ५ सय ६९ जनाको मृत्यु भएकोमा आज अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको हो ।

स्वास्थ्य विभागले जनाए अनुसार आज बिहान ९ बजेसम्म ३८ हजार १ सय ६८ जना कोरोना भाइरसको शिकार बनिसकेका छन् । स्कटल्याण्डमा कोरोनाका कारण आज थप ४६ जनाको मृत्यु भएपछि जम्मा मृत्यु हुनेको संख्या १ सय ७२ पुगेको छ भने वेल्समा आज थप २४ जना सहित १ सय ४१ जनाको मृत्यु भएको छ ।

इंग्ल्याण्डमा आज ६ सय ४ जानको मृएयु भएको छ, जसअनुसार इंग्ल्याण्डमा मात्र ३ हजार ३ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । तेस्तै नर्दर्न आएरल्याण्डमा थप १२ जना सहित जम्मा संख्या ४८ पुगेको छ । कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै पूर्वी लन्डनको विशाल प्रदर्शनी भवन एक्शेल सेन्टरलाई बेलायतको सबैभन्दा नयां र सबै भन्दा ठूलो एनएचएस नाइटिंगेल हस्पिटलको रुपमा परिणत गरेको छ ।

उक्त हस्पिटलको आज मात्र राजकुमार चार्ल्सले उद्घाटन गरेका हुन । कोरोना भाइरसका संक्रमणका कारण राजकुमार चार्ल्स पनि भर्खरै मात्र सेल्फ आइसोलेशनबाट मुक्त भएका हुन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित