एनआरएन यूरोपद्वारा कोरोना बिरुद्द लड्न ६० लाखको सहयोग

गोर्खा नालाइन रेडियो
लन्डन । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभीड -१९ विरुद्ध लड्न गैर-आवासीय नेपाली संघले आह्नान गरेनुसार यूरोप संयोजक नारायण आचार्यको अध्यक्षतामा यूरोपियन क्षेत्रको बैठक सम्पन्न भएको छ । कोरोना विरुद्ध लड्न यूरोपका संपूर्ण एनसीसीहरुको ऐक्यबद्धताको साथ नूनतम ५० हजार यूरोको एक आपतकालिन कोष स्थापना गर्दै अत्याबश्यक सहयोगको लागी कोरोना प्रभावित स्थानहरुमा परिचालन गर्ने निर्णय भएको छ ।

स्काईपको माध्यमबाट सम्पन्न उक्त अनलाईन बैठकमा बिषेश आमन्त्रितको रुपमा महासचिब डा हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठले समेत सम्बोधन गरेका थिए । साथै एनआरएन केन्द्रले यस बारेमा लिएका कदमहरुको बारेमा समेत बैठकलाई जानकारी गराएका थिए ।

संयोजक नारायण आचार्यको अध्यक्षतामा तिनै जना उप-संयोजकहरु, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण आईसीसी सदस्यहरु, यसै क्षेत्रबाट प्रतिनिधित्व गरेका मानार्थ परिषद सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिवहरु र युरोपक्षेत्र महिला तथा युवा संयोजक समेत रहेको एक एनआरएनएन कोभीड – १९ सहयोग समिति समेत गठन भएको यूरोप उप-संयोजक कृष्ण प्रसाद तिमिल्सिनाले बताएका छन् ।

जसको ११ सदस्यीय सचिबालयमा संयोजकनारायण आचार्य, उप-संयोजक त्रय मुक्त बहादुर गुरुङ,कृष्ण प्रसाद तिमिल्सिना र शुक्र राज न्यौपाने तथा आईसीसी सदस्यहरु रामशरण सिमखडा (यूके), आईसीसी सदस्य सुभाष जोशी (बेल्जियम) आईसीसी सदस्य आईसीसी सदस्य सुनिल रानाभाट (स्पेन) आईसीसी सदस्य बिजय मोक्तान (जर्मन) र आईसीसी सदस्य चिन्तामणी सापकोटा (स्पेन) रहेको छ । सोही बैठकले केन्द्रमा गठित स्वास्थ कार्यदलसंगको निकट सहकार्यमा यूरोप क्षेत्रमा रहेको स्वास्थ्य विज्ञहरु रहने गरी डा बोधराज सुबेदी संयोजक रहेको एक उप-समिति समेत गठन गरेको छ ।

समितिले आजको मितिबाट कामको थालनी गर्दै कोभीड -१९ को चरम प्रभाव रहेको यूरोपका देशहरुको खास समस्याको वास्तविक पहिचान गरी लागत राख्न शुरुगर्ने, सहयोगको आधार तथा प्रकार अल्पकालिन तथा दिर्घकालिन रुपमा गर्न सकिने सहयोगको समेत पहिचान गरी मूल समितिमा १ हप्ता भित्र प्रतिबेदन समेत पेश गर्ने निर्णय गरेको छ ।

गैर-आवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वयमा यूरोप क्षेत्रमा काम गर्ने तथा केन्द्रसंघ आपसी सहयोगको लागी आह्वान समेत गर्ने बैठकले निर्णय गरेको जानकारी बैठकमा सहभाती आई सी सी सदस्य रामशरण सिमखडाले बताएका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित