कोरोना भाइरसको कानून उलंघन गरेकोमा बेलायती महिलालाई ६ सय ६० पाउण्ड जरिवाना

गोर्खा अनलाइन रेडियो
लन्डन । कोरोना भाइरस विरुद्धको कानून उलंघन गरेको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएकी महिलालाई मजिस्ट्रेट कोर्टले ६ सय ६० पाउण्ड जरिवाना गरेको छ । न्यूकासल रेल्वे स्टेशनमा भेटिएकी ४१ वर्षीय म्यारी डिनोले आफू बाहिर निस्केको उचित कारण बताउन इन्कार गरेपछि उनलाई पाक्राउ गरिएको प्रहरीले बताएको छ ।

कोरोना भाइरसको नयां नियमको उलंघन र टिकट जालसाजी गरेको आरोपमा पक्राउ गरेको दुई दिनपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । उनले दुवै अपराधलाई अस्विकार गरेपनि उनि दोषी सावित भएकी थिइन् । टिकट जालसाजी गरेवापत ८० पाउण्ड जरिवाना गरिएको थियो भने कोभीड-१९ को नयां नियम उलंघन गरेको र बिना कारण घरबाट बाहिर निस्केकोमा ६ सय ६० पाउण्ड जरिवाना गरिएको स्काई न्यूजले बताएको छ ।

२८ मार्च शनिबारका दिन साँझ ८ बजे न्यूकासल रेलवे स्टेशनको प्लेटफार्ममा देखिएकी ति महिलाई रेल्वे स्टाफले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित