नेपाल प्रेस युनियन बेलायतद्वारा अनलाइन मिटिंग सम्पन्न

गोर्खा नालाइन रेडियो

लण्डन । नेपाल प्रेस युनियन बेलायतद्वारा अनलाइन मिटिंग सम्पन्न भएको छ । युनियनका अध्यक्ष्य बिपिन निरौलाको अध्यक्ष्यतामा भीडियो कन्फरेन्सको सहायताले ३१ मार्च,२०२० मंगलबारका दिन कार्यसमितिको मीटिंग सम्पन्न भएको हो ।
अनलाइन माध्मीयमबाट सम्टिंपन्गन उक्कात मिटिंगमा निम्नलिखित ६ वटा निर्णयहरु भएका छन् ।

१ नेपाल प्रेस युनियन बेलायत (एन पी यु युके) गत बर्ष ३१ मार्च २०१९ मा प्रथम महाधिबेशन सम्पन्न भएकोमा सो सम्पन्न गर्नको लागि नेपालबाट आउनु भएका नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष्य , उपाध्यक्ष्य , महासचिब , नेपाल पत्रकार महासंघका महासचिब, प्रदेश सभाका माननीय सदस्य सहित बेलायत स्थित नेपाली राजदुताबास, पत्रकार महासंघ, एन पी सी सी युके, एन आर एन एन लगायत विभिन्न संघ सस्था र तिनका प्रतिनिधि हरुलाई पुन: धन्यबाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

२ एनपीयु युकेको हरेक वर्ष गर्नु पर्ने बार्षिक साधारण सभा अहिलेको कोरोना महामारीको विशेष परिस्थितिका कारण यस वर्ष नगर्ने निर्णय गरिएको छ ।

३ कोरोना महामारीका बारेमा बेलायतस्थित नेपाली समूदायलाई जानकारीमूलक सामाग्री प्रकाशन र प्रशारण गर्ने नेपाल पत्रकार महासंघ यूकेको अभियानलाई ऐक्यबद्धता जनाउदै युनियन आवद्ध सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई कोरोना संक्रमणबाट बच्ने र सर्न नदिने उपायहरुका बारेमा सामाग्री प्रकाशन र प्रशारण गर्न अनुरोध गर्ने निर्णय गरियो ।

४ बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत केहि नेपाली विद्यार्थीहरुमा समस्याहरु परेको बुझिन आएको परिप्रेक्ष्यमा नेपाली राजदूतावासमा सम्पर्क गर्न अनुरोध गरिएकोमा युनियनले पनि त्यस्ता समस्या परेका बिद्यार्थीहरुलाई नेपाली राजदुताबाससंग सम्पर्क गराउन सहयोग गर्ने निर्णय गरियो ।

५ समस्यामा रहेका विद्यार्थीहरुकै सन्दर्भमा नेपाली जनसम्पर्क समिति यूकेले खाद्यान्न लगायतका आर्थिक सहयोग गर्ने कार्यमा एक्यबद्धता जनाउदै सक्दो सहयोग गर्ने निर्णय गरियो ।

६ अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका अध्यक्ष तथा बेलायतका सांसद बिरेन्द्र शर्मा लगायत कोरोनाको संक्रमण संग लडी रहेका, होम आइसोलेशन तथा उपचार
पश्चात घरमा आराम गरिरहेका ब्रिटिश तथा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित