बेलायतमा कोरोनाबाट मृत्यु हुनको संख्या ५ सय नाघ्यो

गोर्खा अनलाइन रेडियो
लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एक दिनमै ५ सय ६३ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिभित्र बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो नै अहिले सम्मकै सबै भन्दा बढी हो । बुधबार दिउँसो जारी गरिएको तथ्यांकअनुसार कोरोनाबाट बेलायतमा ज्यान गुमाउनेको कुल संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार दैनिक ४ हजार ३ सय २४ का दरले कोरोना संक्रमणका रोगीहरु बढ्ने गरेको छ । हालसम्म २९ हजार ४ सय ७४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोरोनाको संक्रमण शुरु भए यता करिब २ हजार स्वास्थ्यकर्मीको कोरोना भाइरस परिक्षण गरिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

कोरोनाको कारणबाट विश्वमा ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित