बेलायतमा लकडाउन विरुद्ध कडा नियम १ सय २० पाउण्डसम्म जरिवाना

गोर्खा नालाइन रेडियो

लन्डन, झन्डै दुई सय वटा देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) नियन्त्रण गर्ने क्रममा विभिन्न मुलुकमा लकडाउन शुरु गरिएको छ । कोरोना भाइरस बिरुद्ध लड्ने नयाँ नीति लिदैं प्रधानमन्त्री बोरिस जोन्सनले गत सोमबारबाट साँझ बेलायतमा तीन हप्ताको लागि लकडाउनको घोषणा गर्दै अत्यावश्यक काम बाहेक घरमै बस्न अनुरोध गरेका हुन् ।

लकडाउनको उलंघन गर्नेलाई प्रहरीले घर जान निर्देशन दिने, उक्त क्षेत्रबाट हट्न बाध्य गर्ने र तितरवितर हुनको लागि अनुरोध गर्नेछन । आफ्ना केटाकेटीलाई सुरक्षित राखन अविभावकलाई निर्देशन दिइएको छ ।
सरकारद्वारा जारी गरिएको लकडाउनको उलंघन गर्ने व्यक्तिलाई ६० पाउण्ड सम्म जरीवाना गर्न सक्ने अधिकार आजैबाट प्रहरीलाई प्रदान गरिएको छ ।

१४ दिनभित्र उक्त जरिवाना तिरेको खण्डमा ५० प्रतिशत छुट गरि ३० पाउण्ड मात्र तिरे हुनेछ भने पुन यस्तो क्रियाकलापमा संलग्न भएको देखिएमा सुई गुणा अर्थात १ सय २० पाउण्ड जरिवाना तिर्नुपर्नेछ । जरिवाना तिर्न अटेर गरेमा अदालती कारवाही गरिने बताइएको समेत बताइएको छ । सम्पूर्ण कुराहरु प्रधानमन्त्रीले स्पष्ट पारिसकेको हुँदा आफ्नो विवेकको प्रयोग गर्न होम सेक्रेटरी प्रिती पटेलले अनुरोध गरेकी छन् ।

सोमबार साँझ प्रस्तुत प्रधानमन्त्रीको सम्बोधन भाषणले सम्पूर्ण बेलायातवासीहरुलाई अनिवार्य रुपमा घरमै बस्न अनुरोध गरेका थिए । अनावश्यक सामाग्रीहरु विक्रिवितरण गरिने पसलहरु,पुस्तकालय,इलेक्ट्रोनिक्स दोकान, खेल मैदान, आउटडोर जीम, तथा पूजा गर्ने स्थानहरु पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ । गत हप्ता शुक्रबारदेखि नै सरकारले स्कुलहरु, रेस्टुरेन्ट, पब, बार आदि बन्द गर्न आदेश दिइसकेको थियो ।

खाद्यसामग्री या औषधि खरिद गर्न, घरबाट सम्भव नहुने अत्यावश्यक काममा जान, शारीरिक व्यायाम साइक्लिंग, रनिंगको लागि दिनको एकपल्ट पार्कमा एक्लै वा एकाघरको परिवारका सदस्यका साथ् जान र मेडिकल प्रयोजन वा अशक्तहरुलाई मद्दत गर्नका लागि भने घर बाहिर निस्कन पाइनेछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित