बेलायती नागरिकलाई अनिवार्य रुपमा घरभित्र बस्न प्रधानमन्त्रीको अनुरोध

गोर्खा न्लाइन रेडियो

लन्डन । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले विशेष घोषणा मार्फत बेलायतमा लकडाउन गर्ने निर्णय गरेको बताएका छन् । कोरोना भाइरस बिरुद्ध लड्ने नयाँ नीति लिदैं बेलायत सरकारले तीन हप्ताको लागि लकडाउनको घोषणा गरेको छ । अत्यावश्यक खाद्य सामग्री र औषधी बाहेकका सम्पूर्ण पसलहरु बन्द रहनेछन ।

सोमबार साँझ प्रस्तुत प्रधानमन्त्रीको सम्बोधन भाषणले सम्पूर्ण बेलायातवासीहरुलाई अनिवार्य रुपमा घरमै बस्न अनुरोध गरेका छन् । अनावश्यक सामाग्रीहरु विक्रिवितरण गरिने पसलहरु,पुस्तकालय,इलेक्ट्रोनिक्स दोकान, खेल मैदान, आउटडोर जीम, तथा पूजा गर्ने स्थानहरु पूर्ण रुपमा बन्द गर्न आदेश दिइएको छ । गत शुक्रबारदेखि नै सरकारले स्कुलहरु, रेस्टुरेन्ट, पब, बार आदि बन्द गर्न आदेश दिइसकेको छ ।

तेस्तै फाष्टफुड रेष्टुरेन्ट म्याकडोनाल्ड,नान्दुज, कोष्टा क्याफे तथा सबवेले सोमबारबाट अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

विवाह लगायतका अन्य सार्वजनिक समारोह निषेध गरिएको छ भने अन्त्यष्ठी कार्यक्रमलाई भने कुनै बाधा पर्नेछैन । एकै घरका परिवार बाहेक दुई वा दुई भन्दा बढी व्यक्ति वा समूहमा बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । निम्न अवस्थामा मात्र घर बाहिर निस्कन पाइनेछ ।

१- खाद्यसामग्री या औषधि खरिद गर्नका लागि ।
२- घरबाट सम्भव नहुने अत्यावश्यक काममा जानका लागि ।
३- शारीरिक व्यायाम साइक्लिंग, रनिंगको लागि दिनको एकपल्ट पार्कमा एक्लै वा एकाघरको परिवारका सदस्यका साथ ।
४- मेडिकल प्रयोजन वा अशक्तहरुलाई मद्दत गर्नका लागि ।

यस बाहेकका कामका लागि कसैले पनि घर बाहिर निस्कन पाउने छैनन् । यदि कसैले आदेशको अवज्ञा गरेको खण्डमा आवश्यक कारवाहीका लागि प्रहरीलाई अधिकार प्रदान गरिएको पनि प्रधानमन्त्री जोन्सनले बताएका छन् । नयां प्रतिवन्ध समझदारपूर्ण रहेको र बहुसंख्यक व्यक्तिहरु ज्यान बचाउने तर्फ प्रेरित रहेको राष्ट्रिय प्रहरी प्रमुख काउन्सिल मार्टिन हेविटले बताएका छन् ।

हाम्रो आफ्नै शुरक्षाको लागि लागू गरिएको हुँदा सबैलाई सहज रुपमा लिन पनि उनले अनुरोध गरेका छन् । नयां नियमलाई प्रभावकारी बनाउन सरकार र अन्य एजेन्सीसंग मिलेर काम गर्ने पनि हेविटले बताए ।

बेलायतको इतिहाँसमै पहिलोपल्ट यस्तो किसिमको कडा प्रतिबन्ध लगाइएको हो । कोरोना भाइरसको बढदो प्रकोपलाई नियन्त्रण गर्न र एक अर्कामा सर्नबाट रोक्नको लागि यस किसिमको कडा नीति अपनाउनुपरेको सरकारले बताएको छ । बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३३५ पुगेको छ भने संक्रमण हुनेको संख्यामा पनि दिनप्रतिदिन वृद्धि भैरहेको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित