आजबाट बेलायतका सम्पूर्ण म्याकडोनाल्ड बन्द हुने

नरेन्द्र बस्नेत
लन्डन । विश्वभर महामारीको रुपमा फैलिंदै गैरहेको कोरोना भाइरस (कोभीड १९) का कारण बेलायतका प्रमुख फाष्टफूडको रुपमा स्थान ओगट्दै आएको म्याकडोनाल्ड लगायत नान्दुज, कोष्टा क्याफे तथा सबवे आजबाट साँझबाट अनिश्चित कालका लागि बन्द हुदैछन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि म्याकडोनाल्डले बेलायतमा रहेका आफ्ना १२ सय ७० वटा रेष्टुरेन्टहरु बन्द गर्ने घोषणा गरेको हो ।

टेकअवे र ड्राइभ थ्रु बाहेक रेष्टुरेन्ट भित्र बसेर खान पाउने सुविधा म्याकडोनाल्डले यसघि नै बन्द गरिसकेको थियो । म्याकडोनाल्डले मात्र बेलायतमा करिब १ लाख ३५ हजार कामदारहरुलाई रोजगारी दिंदै आएको छ जसमध्य प्राय जसो ‘जीरो आवर कन्ट्याक्ट’ मा काम गर्दै आएका छन् ।

२० हजार कर्मचारीलाई रोजगारी प्रदान गर्दै आइरहेको नान्दूजले बेलायमा रहेका आफ्ना ४ सय रेष्टुरेन्ट अर्को सूचना जारी नभएसम्मका लागि आजैबाट बन्द गर्ने घोषणा गरेको छ । तेस्तै कोष्टा क्याफे र सबवेले पनि आफ्नो सम्पूर्ण शाखाहरु बन्द गर्ने बताएको छ । यद्दपी हस्पिटलमा रहेका आफ्ना शाखाहरुले भने अर्को दुई हप्तासम्म राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत कर्मचारीहरुको लागि निशुल्क हट ड्रिंक्स उपलब्ध गराउने जनाएको छ ।

गत शुक्रबार प्रधानमन्त्री बोरिस जोन्सनले रेष्टुरेन्ट, पप, बार, क्याफे, सिनेमा, थियटर र जिमघरहरु बन्द गर्ने घोषणा गरे पनि टेकअवेको लागि भने छुट दिएका थिए । स्टाफ तथा ग्राहकहरुको हितलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण शाखाहरुलाई अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।
साभार राटोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित