बेलायतमा एक नेपाली महिलामा कोरोना पोजेटिभ,

नरेन्द्र बस्नेत
लन्डन । बेलायतमा एक नेपाली महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । लमजुङ घर भइ बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् ।

आइतबार फेसबुकमा स्टाटस राख्दै उनले आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको बताएकी छिन् । उनले भनेकी छन्, ‘यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ ।सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’

शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचाररत छिन् । यसअघि १० दिन उनी घरमै आइसोलेसनमा रहेको बताइएको छ । गत मार्च ८ तारिखका दिन उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसपछि बिरामी परेकी उनी घरमै आइसोलेसनमा रहेको भएपनि शुक्रबार भने अस्पताल नै भर्ना भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण भएपछि श्रीमान् सहित परिवारका अन्य सदस्यलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

यसअघि गत हप्ता लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।
प्राप्त जानकारी अनुसार राई नै कोरोनाबाट मृत्यु हुने बेलायतका पहिलो नेपाली रहेका छन् ।

कोरोना भाइरसका कारण बेलायतमा ज्यान गुमाउनेको संख्या २८१ पुगेको छ, जसमा सबैभन्दाकम उमेरका १८ वर्षीय बेलायती नागरिक समेत परेका छन् । संसारभरी कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या १४ हजार नाघिसकेको छ । कोरोनाबाट ज्यान गुमाउने मुलुकमा सबैभन्दा अग्रपंक्तिमा इटाली रहेको छ । जहाँ ५ हजार ४ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।

साभार राटोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित