कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु

नरेन्द्र बस्नेत
लन्डन । विश्वलाई नै आतंकित बनाउँदै आएको कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय भूतपूर्व गोर्खा सैनिक लिलाबहादुर राईको गत मंगलबार नर्थविकपार्क हस्पिटलमा कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोलेस्ट्रोल, घुँडा सुन्निने जस्ता रोगबाट ग्रसित राईको दुई दशक अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । करिब तीन हप्ता हस्पिटल बसेर कोरोनाको महामारीका कारण डिस्चार्ज गरिएका राई पछिल्लो समय रुघा, खोकी र निमोनियाबाट ग्रसित थिए । सेकेन्ड गोर्खा राइफल्समा १७ वर्ष सेवा गरेका राई श्रीमती र छोराबुहारीका साथ बेलायतमा बस्दै आएका थिए ।

हाल सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा बस्दै आएका राई सन् २००८ मा बेलायत आएका हुन् । मृतक राईका परिवारलाई अहिले ‘आइसोलेशन’मा राखिएको र उनीहरुसँग भेटघाट गर्न रोक लगाइएको संखुवासभा समाज यूकेका अध्यक्ष नैनसिंह गुरुङले जानकारी दिए ।

बेलायतमा झन्डै २० हजार भूपू गोर्खाली छन् । हजारौंको संख्यामा नेपालीहरु यहाँको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत छन् । स्वास्थ्यकर्मीहरुको अभावका कारण सरकारले ६५ हजार रिटायर्ड स्वास्थ्यकर्मीरुलाई पुनः काममा आउन आग्रह गरेकोमा ४ हजार ५ सय जनाले कोरोनाविरुद्ध सहयोग गर्न तत्परता देखाइसकेका छन् ।

यहाँका नेपालीहरुको प्रमुख व्यवसाय अन्तर्गत पर्ने रेष्टुरेन्ट अहिले बन्द भएका छन् । शुक्रबार साँझबाट स्कुलहरु अनिश्चितकालका लागि बन्द गर्ने घोषणासँगै सबै रेष्टुरेन्ट, पप, बार, क्याफे, सिनेमा, थियटर र जिमघरहरु पनि बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

व्यावसायामा पर्न जाने असुविधालाई मध्यनजर गर्दै सरकारले भ्याट तथा कर सम्बन्धी विशेष राहत प्याकेज प्रस्तुत गरेको छ । कोरोनाका कारण बेरोजगार हुने कामदारलाई उनीहरुको मासिक कमाइको ८० प्रतिशत तथा बढीमा २५ सय पाउण्डसम्म रकम सहयोग गर्ने घोषणा सरकारले गरेको छ ।

बेलायतमा हालसम्म २३३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ भने ५ हजार १८ जान यस रोगबाट संक्रमित छन् ।
साभार रतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित