कोरोना भाइरस नियंत्रणका लागि एनआरएनए द्वारा शाखा परिचालन गर्ने

गोर्खा अनलाइन रेडियो

लण्डन । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहस परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघले आफ्ना शाखाहरुलाई परिचालन गर्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी) को संयुक्त बैठकले हरेक देशमा एक एक जना संयोजक तोक्ने निर्णय गरेको छ ।

संघका महासचिव डा. हेम राज शर्माका अनुसार कोरोना प्रभावित देशहरुमा परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक राष्ट्रिय समितिमा एक जना ‘कोअर्डिनेटर’ तोक्ने निर्णय गरिएको हो । बैठकले नेपाल सरकारले विभिन्न देशमा रहेका बैदेशिक नियोग तथा दूतावासहरुसंग समन्वय तथा सहकार्य गरी समस्या समाधानमा हातेमालो गर्ने राष्ट्रिय समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकले परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक एनसीसीहरुमा एक जना ‘कोअर्डिनेटर’ को ब्यवस्था गर्ने र कोर्डिनेटर मार्फत सम्बन्धित देशमा उत्पन्न सामाजिक, आर्थिक र आम नेपाली समुदायको स्वास्थ्य अवस्थाको बस्तुगत मुल्याङ्कन गरी आइसिसी अन्तर्गत रहेको उच्च स्तरीय ‘हेल्थ कमिटी’ लाई जानकारी गराउने निर्णय गरेको छ ।

आइसीसी अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ मार्फत सम्बन्धित देशहरुका एनसिसीको समान्वयमा विश्वका बिभिन्न क्षेत्रमा समयनुकुल सुविधालाई मध्यनजर गरी अनलाइन स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन निर्णय गरेको छ । बैठकले कोरोना भाइरसको प्रकोपले गर्दा विभिन्न देशहरुले तत्काललाई आवगमन तथा भिसामा भएको समस्याको साधान गर्न सम्बन्धित देशका नियोगहरुसँग समन्वय गरी राष्ट्रिय समिति मार्फत प्रभावित नेपालीहरुलाई सहयोग तथा राहत उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ ले कोरोना भाइरसले उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्य स्थितिको असर तथा प्रभावबारे अध्ययन गर्न हरेक राष्ट्रिय समितिसँग मिलेर रणनीतिक कार्ययोजना तयार गर्ने निर्णय भएको छ । संघले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्ने निर्ण समेत गरेको छ। गैरआवासीय नेपाली संघको पूर्ण बैठक आइतवार बस्दैछ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित