म्याग्दीको दग्‍नाममा जिप दुर्घटना : नौ जना घाइते

म्याग्‍दी — रघुगंगा गाउँपालिका, ४ दग्नामको कान्छीगाउँबाट बेनीआउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

रोकिराखेको जिपमा चढेका बालबालिकाले आफै गियर चलाउँदा जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
‘घटनाको अनुसन्धान भइरहेको छ । रोकिराखेको जिपमा चढेका बालबालिकाले गियर चलाउँदा आफै गुड्दै सडकदेखि तल खसेको प्रारम्भिक अनुमान गरेका छौं,’ प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले भने, ‘चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं ।’

घाइते हुनेमा स्थानीय मिनीज पुन (९वर्ष), हम्माया पुन (३३ वर्ष), भदेवी गर्वुजा (४१ वर्ष), मनबहादुर तिलिजा (५० वर्ष), सुकमाया गर्वुजा (३६ वर्ष), युवी गर्वुजा (७ वर्ष) वर्षा शेरपुजा (४ वर्ष),तविना शेरपुजा (१२ वर्ष) र असिम गर्वुजा (५ वर्ष) रहेका छन् ।

बेनी अस्पतालमा घाइतेहरुको उपचार भरहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते मिनीज पुन र हम्माया पुनलाई थप उपचारका लागि हेलिकोप्टरबाट पोखरा पुर्‍याइएको प्रहरीले जनाएको छ ।
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित