७२ घण्टाभित्रै चितवनमा बन्यो ७० शैयाको अस्पताल

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थायी अस्पताल’ तयार भएको छ।

आजै बिहान ११ बजे अस्पतालको शुभारम्भ गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।

‘अस्पताल तयार भयो। हामी बिहान ११ बजेबाट अस्पताल सञ्चालनमा ल्याउँछौं,’ उनले भनिन्।

भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल तयार गरिएको हो।

अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।

५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो। आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।

‘७२ घण्टाको समयसीमा तोकेपछि काम सक्न एकदमै प्रेसर भयो। सबैले उतिकै साथ दिएपछि भने अनुसार काम भयो,’ मेयर दाहालले भनिन्।

अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ। अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने छ।

‘हामीले भरतपुरमै कोरोनाको नमूना परीक्षणको जाँच गर्ने ल्याबको पनि व्यवस्था गर्न केन्द्रसँग कुरा गर्छौं,’ मेयर दाहालले भनिन्।

सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित