कोरोना भाइरसका कारण बेलायतका स्कुलहरु अनिचित कालका लागि बन्द रहने

गोर्खा अनलाइन रेडियो

लन्डन, कोरोना भाइरस (कोभीड १९) को बढ्दो प्रभावका कारण बेलायतका विद्यालयहरु आउँदो शुक्रबारदेखि अनिश्चित कालका लागि बन्द गरिने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । स्कटल्याण्ड र वेल्सका विद्यालयहरु शुक्रबारबाट बन्द गरिने घोषणा यस अघि नै गरिसकेका छन् भने नर्दर्न आएरल्याण्डका स्कुलहरु पनि बन्द गरिनेछ ।

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०४ पुगिसकेको छ भने कोरोनाबाट सक्रमित हुनेको संख्या २ हजार ६ सय २६ पुगेको छ । हिजो मंगलबारसम्म संक्रमितको संख्या १ हजार ९ सय ५० रहेको थियो । बेलायतमा ५६ हजार दुई सय २१ जनाको परिक्षण गरिएकोमा ५३ हजार पांच सय ९५ जनामा कोरोना भाइरस नदेखिएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

कोरोना भाइरस परिक्षणलाई अझ तीव्र बनाउने उद्देश्यले दुई गुणा बढाउने तयारी भैरहेको सरकारले बताएको छ । बेलैमा सावधानी नअपनाउने हो भने बेलायतमा मात्र २ लाख ५० हजार मानिसको मृत्यु हुने इम्पेरीयल कलेज लण्डनका विज्ञहरुले प्रतिवेदन बुझाइसकेका छन् ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित