कोरोनाबाट पर्ने संकटमा जुटे रसमूरमा स्वयंसेवी

गोर्खा अनलाइन रेडियो
लन्डन । संसारलाई नै आतंकित बनाइरहेको कोरोना भाइरसका कारण अल्डरशट, फार्नबरो क्षेत्रमा बसोबास गर्ने नेपाली समूदाय अन्तर्गत, खासगरी वृद्धवृद्धाहरुलाई पर्नसक्ने समस्यामा मद्दत गर्न स्थानीय स्वयंसेवीहरुद्वारा प्रयास शुरु गरिएको छ । भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारहरुको बाक्लो बसोबास रहेको उक्त क्षेत्रमा बसोबास गर्ने समाजसेवीहरूले त्यस्तो अभियान शुरु गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्न ब्रिटिश सरकारले सबै जनतालाई भिडभाडमा नजान, अनावश्यक यात्रा नगर्न र सकभर घरमै बस्न सुझाव दिइरहेका बेला स्थानीय शिव सांस्कृतिक तथा सामुदायिक केन्द्रसंग सम्बद्ध पदाधिकारीहरुले त्यस्तो पहल शुरु गरेका हुन् ।

संसारलाई नै त्रसित बनाउने सरुवा रोग कोरोना भाइरसबाट बच्न र अरुलाई पनि बचाउन खासगरी वृद्ध वृद्धाहरुलाई आवश्यक मद्दत गर्ने उद्देश्यले स्वयम्सेवी अभियान शुरु गरिएको समाजसेवी बिक्रम भट्टराईले बताए। उक्त समूहले यदि कोही क्वारन्टाईनमा हुनुहुन्छ र घरमा सामानहरु सकिएको छ भने सपिङ गरेर ढोकामा राखिदिने, वहाँहरुलाई फोनबाट हुन सक्ने सरसल्लाह र सुझाव दिने र वहाँहरुलाई चाहिने साधारण औषधिहरु किनेर ढोकामा राखिदिने लगायतका सहयोग गर्ने उनले जनाए।

समूहमा अहिलेसम्म १० जनाको नाम आइसकेको र स्वयम्सेवीहरुको संख्या बढ्दै गएमा क्याम्बर्ली, फ्रिम्ली लगायतका क्षेत्रमा पनि सेवा विस्तार गरिने उनले बताए ।अर्का स्वयंसेवी भिम बानियाले एनएचएस तथा १११ हेल्पलाइन जस्ता आधिकारिक निकायको विकल्पमा नभई आफ्नो समुदायलाई सक्दो सहयोग उपलब्ध गराउन यस्तो प्रयास शुरु गरिएको जनाए ।

“१११ मा फोन गर्दा आधा घण्टासम्म पनि फोन नउठ्ने समस्या देखिएको छ । त्यसैले हामीले एक अर्कालाई सक्दो सहयोग र सुझाव दिन जरुरी भएको छ,” उनले भने । समूहमा महिला स्वयंसेवीहरुको पनि सक्रिय सहभागिता रहने उनले जनाए ।
स्वयंसेवी समूहमा रहेका निम्न व्यक्तिहरुलाई सहयोगका लागि सम्पर्क गर्न सकिने पनि सो अभियानले जानकारी दिएको छ ।

बिक्रम भट्टराई ०७९१५०४६२०३
कृष्ण गुरुङ ०७८२५६६०५९४
थम विश्वकर्मा ०७८४६२३१९६०
जीव बेलबासे ०७९००९०५३७९
भिम बानिया ०७९८८७९१०८३
ए बि गुरुङ ०७८८६९९४३९०
हरि भट्टराई ०७८८६३२८७७६

(यो समाचार सामग्री कोरोना भाइरसबाट युकेस्थित नेपाली समुदायलाई सचेत तुल्याउन नेपाल पत्रकार महासंघ युके शाखाको पहलमा शुरु गरिएको अभियानअन्तर्गत तयार पारिएको हो ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित