चितवन २९ साउन – चितवन ग्रीन लायन्स तथा लियो क्लवले आउदो भाद्र १८ देखी २० सम्म दोस्रो ‘एन.पि.आई चितवन शैक्षिक मेला’ गर्ने भएको छ ।
“संमृद्ध भविष्यका लागि स्वाभिमानी युवाको रोजाई स्वदेशी शिक्षा” भन्ने मुल नारा सहित गर्न लागेको उक्त शैक्षिक मेलामा स्वदेशी शैक्षिक संस्थाहरुको मात्रै सहभागिता रहने आज भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
भदौं १८ देखी २० गते संञ्चालन गर्न लागिएको सो मेलामा करीब १२ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । भरतपुर गार्डेन रिसोर्टमा संञ्चालन हुने उक्त मेलामा चितवन र नवलपरासिमा कक्षा ९ देखि १२ सम्म पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गरी संञ्चालन गर्न लागिएको हो । उक्त मेलामा करीब १२ हजार विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको प्रचारप्रसार समितिका संयोजक लायन सूर्यभक्त अधिकारीले जानकारी दिए ।
पहिलो शैक्षिक मेला भन्दा यस पटकको शैक्षिक मेलालाई अझै व्यवस्थित बनाउन लागिएको कार्यक्रम संयोजक दिपक पौडेलले जानकारी दिए ।
पहिलो शैक्षिक मेला बाट बचेको पैसाले गोर्खा हर्मिको महेद्र लिला उच्च मा.बि विद्यालयको २ वटा कोठा बनाउन खर्च गरीएको र यस वर्षको मेलाबाट बचेको पैसा पनि सामाजिक काममा खर्च गरिने चितवन ग्रीन लायन्स लायन्स क्लवका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
चितवन ग्रीन लायन्स तथा लियो क्लवले दोस्रो शैक्षिक मेला गर्ने
चितवन ग्रीन लायन्स तथा लियो क्लवले दोस्रो शैक्षिक मेला गर्ने

तपाईको प्रतिक्रिया