बरामद भएको मास्क सर्वसुलभ मूल्यमा बिक्री गर्न निर्देशन

महान्यायाधिवक्ताको कार्यालयले कालोबजारी गर्नेहरुबाट बरामद मास्क सर्वसुलभ मूल्यमा बिक्री वितरण गर्न प्रहरीलाई निर्देशन दिएको छ । कालोबजारी गर्नेहरुबाट बरामद भएको मास्क अदालती प्रक्रियामा पुर्‍याएर टुंग्याउन लामो समय लाग्ने भएकाले कार्यालयले त्यसको अभिलेख राखी बिक्री वितरण गर्न निर्देशन दिएको हो ।

मेहोन्योयोधिेवेक्तो अग्नि खरेलले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी पठाएको पत्रमा बरामद भएको मास्कलाई दसी प्रमाणको रुपमा अदालतमा पेश गर्दा बजारमा झनै मास्कको अभाव हुने भएकाले वैकल्पिक प्रक्रिया अपनाउन निर्देशन दिएका छन्। ‘मुद्दा हेर्ने निकायमा दसी स्वरुप मास्क पेश गर्दा बारमा झनै अभाव भइरहने र अहिलेको विषम परिस्थितीमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा’ पत्रमा भनिएको छ, ‘बृहत सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमती लिइ अपराध अनुसन्धानका क्रममा निम्नानुसार गर्नु गराउनु।’

महान्यायाधिवक्ता कार्यालयले बरामद मास्कको मूल्य र नमुनासहितको अभिलेख अनि फोटोसहितको डिजिटल अभिलेख मिसिलमा राख्न निर्देशन दिएको छ। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित