दुबई पठाउने बहानामा साढे १० लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइ दिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौंको गंगबुबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-४ खुङ्गा स्थायी घर भई हाल काठमाडौंको रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेका छन् ।

पीडितहरुको उजुरीको आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखाले मगरलाई सोमबार गंगबुबाट पक्राउ गरेको हो ।

आकर्षक तलव सुविधाको प्रलोभन देखाइ वर्किङ भिषामा दुबई पठाइ दिने भन्दै मगरले ९ जना व्यक्तिहरुबाट १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरेर फरार भएको उजुरी परेको महाशाखाले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।
अनलाइनखबर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित