सरकारले सुपथ मूल्यका पसल खोल्ने

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोगका वस्तु सुपथ मूल्यमा सहजरुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्‍चालन गर्ने भएको छ ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुपथ मूल्यका पसल खोल्न लागेको जानकारी गराएका हुन्।

‘खाद्यान्‍नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको छ, मोबाइल पसलहरु पनि सञ्चालन गर्ने सरकारको तयारी छ’, मन्‍त्री भट्टले भने, ‘यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने छ।’

उनले ७७ वटै जिल्लामा गृहमन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुन दायरामा ल्याउने काम भइरहेको पनि बताए।मन्‍त्री भट्टले चेतावनी दिँदै भने, ‘कतै कालोबजारी र मूल्यवृद्धि गरेको भेटिए उदार र लचक हुने भन्ने छैन।’

मन्त्री भट्टले खाद्यान्न, औषधि, ग्यास, पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिए। उनले सरकार क्षमता, स्रोत, साधनभन्दा बढी तयारीमा रहेको दाबी गर्दै भने, ‘जनताले २ बजे राति बोलाए पनि हामी उपलब्ध हुन्छौं। बिदा पनि नभनी हामी २४ सै घण्टा खटिएका छौं।’
कान्तिपुर

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित