भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

भारतमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

मंगलबार मुम्बईस्थित कस्तुर्बा अस्पतालमा कोरोनाभाइरस संक्रमित ६४ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा यसबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

महाराष्ट्रमा मात्रै अहिलेसम्म ३६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। तीमध्ये आज मृत्यु हुने उनी एक हुन्। उनी महाराष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुने प्रथम व्यक्ति समेत हुन्।

यसअघि कर्नाटकका ७६ वर्षीय वृद्धको एउटाबाट अर्को अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। उनको गत बिहीबार मात्रै संक्रमण भएको पुष्टि भएको थियो।

अर्को दिन राम मनोहर लोहिया अस्पतालमा उपचाररत जनकपुरीकी ६८ वर्षीया वृद्धाको पनि कोभिड-१९ बाटै मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
सेतोपाटी

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित