काठमाडौंबाट १० लाख ४० हजार थान मास्क बरामद, ७ जना पक्राउ

काठमाडौ : प्रहरीले सतुङगल र कपनबाट १० लाख ४० हजार थान मास्क बरामद गरेको छ। कोरोना भाइरसको हल्लाले कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बोगटीकाअनुसार आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको बेला समाएपछि घटनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क फेला परेको हो। मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने प्रहरीले जनाएको छ। उनले घटनाको विस्तृत विवरण सोमबार दिउँसो २ बजे प्रहरी परीसर टेकुमा पत्रकार सम्भेलनमार्फत जानकारी दिने बताए ।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ।

मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको छ। व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ।

नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठका अनुसार चीन र भारतबाट आउन बन्द भएपछि नेपाली बजारमा मास्कको चर्को अभाव भएको हो। नेपालमा चिकित्सा क्षेत्र र धुलोधुवाँबाट जोगिन मास्क प्रयोग हुँदै आएको छ। यस्तो प्रयोजनमा मासिक २५ हजार थान मास्क खपत हुन्छ।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित