अमेरिकाद्वारा बेलायतमाथि यात्रा प्रतिबन्धको घोषणा

वासिंगटन डिसी । संयुक्त राज्य अमेरिकाले युरोपको शक्तिशाली मुलुक बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

मार्च १४ तारिक शनिवार, मध्यान्ह ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले बेलायतमाथि पनि यात्रा प्रतिबन्ध लगाइएको घोषणा गरे । उनले बेलायतका साथै आयरल्याण्डमाथि पनि यस्तो प्रतिबन्ध लगाइएको बताए ।

कोरोना भाइरसलाई अमेरिकामा फैलन नदिनका लागि सावधानी स्वरुप यस्तो प्रतिबन्ध घोषणा गरिएको हो । मार्च १६ तारिक सोमबारको मध्यरातिदेखि बेलायत र आयरल्याण्डमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयन गरिने घोषणा पनि पत्रकार सम्मेलनमा गरिएको थियो ।

यसअघि अमेरिकाले इटली लगायत अन्य सबै युरोपेली मुलुकमाथि यात्रा प्रतिबन्धको घोषणा गरी लागू पनि गरिसकेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा आयोजित सो पत्रकार सम्मेलनमा राष्ट्रपति स्वयंले आफ्नो कोरोना भाइरस परीक्षण सम्पन्न भएको जानकारी गराएका थिए । उनको परीक्षण शुक्रबार सांझ गरिएको थियो । परीक्षणको रिपोर्ट आउन २४ घण्टा कुर्नुपर्नेछ ।

फ्लोरिडास्थित उनको आफ्नै रिसोर्ट मार ए लागोमा भएको एउटा बैठकमा सहभागी ब्राजिलका व्यक्तिहरुमध्ये दुईजनामा कोरोना संक्रमण प्रमाणित भएपछि राष्ट्रपति ट्रम्पमा पनि संक्रमण हुन सक्नेबारे प्रश्नहरु उठाइएका थिए ।

यसैबीच न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार, अमेरिकाका ४९ वटा राज्यहरुमा यो भाइरस देखापरिसकेको र २१ सय व्यक्तिहरु संक्रमित भइसकेका छन् । सो रिपोर्टका अनुसार, वासिंगटन राज्य, न्यूयोर्क र पोर्टोरिकोमा गरी ४८ जना संक्रमित व्यक्तिहरुको मृत्यु भइसकेको छ ।

अमेरिकाका अधिकांश राज्यहरुमा विद्यालय र विश्वविद्यालयहरु बन्द भइसकेका छन् भने देशभर आपतकाल घोषणा गरिसकिएको छ ।

डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित