मदिरा सेवनबाट पाँच जनाको मृत्यु

जनकपुरधाम : धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो।
होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ।

मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।

मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ। घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाई छ। अघिल्लो वर्ष दशैंमा घरेलु मदिराको कारण आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो।
अन्नपूर्ण पोष्ट

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित