संसदमा छलफल नगराउन प्रचण्डको सभामुखलाई आदेश

काठमाडौं। सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आदेशमा बिहीबारको प्रतिनिधिसभा बैठकमा छलफल हुने गरी कार्य सूचीमा चढिसकेको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव अन्तिम सयममा कार्यसूचीबाट हटाइएको खुलासा भएको छ।

नेकपा अध्यक्ष प्रचण्डले सभामुख अग्नि सापकोटालाई फोनमाफर्त सो प्रस्तावलाई संसदमा छलफल नगराउन आदेश दिएका थिए। उच्च स्रोतका अनुसार अध्यक्ष प्रचण्डले भारत सरकारको आग्रहमा तत्कालका लागि सो प्रस्ताव छलफल नगराउन आदेश दिएका हुन्।

सत्तारुढ दल नेकपाकै सांसद खगराज अधिकारीले ४ महिना अगाडि दर्ता गराएको सो प्रस्ताव प्रचण्डकै आदेशमा ‘ढिसमिस’ हुन पुगेको हो।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले प्रचण्डसँगको भेटमा सो प्रस्तावमाथिको छलफल रोकिदिन आग्रह गरेको स्रोतले बतयो। क्वात्राको सो आग्रहपछि उनकै सामुन्ने प्रचण्डले सभामुख सापकोटालाई फोन गरेर सो प्रस्तावमाथि छलफल नगराउन ओदश दिएको स्रोतले जनाएको छ।

बिहीबारको कार्यसूचीमा चढिसकेको सो प्रस्तावमाथिको छलफल एकाएक हटाइएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख सापकोटासँग यो विषयमा जानकारी मागेको कााग्रेस प्रमुख सचेतक वालकृष्ण खाँणले डिसी नेपाललाई जानकारी दिए। उनीसँग सभामुख सापकोटाले संसद बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समय दिन नसक्ने भएपछि सो प्रस्ताव कार्यसूचीबाट हटाएको जानकारी दिएका थिए। सभामुख सापकोटाले काँग्रेससँग यो विषयमा गलत जानकारी दिएको स्रोतको दावी छ।

संसदमा सो प्रस्ताव दर्ता गराउने सांसद अधिकारी प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली निकट हुन्। पराष्ट्रमन्त्री ज्ञवाली पनि ओली निकट हुन्। तर, सभामुख सापकोटा भने प्रचण्डकै अडानमा सभामुखमा निर्वाचित भएका हुन्। नेकपा भित्रको आन्तरिक लडाईँको प्रभाव देशको महत्वपूर्ण प्रभाव पार्ने प्रस्तावमा पनि देखिएको हो।

ओली पक्ष यो विषयमा संसदबाट प्रस्ताव पारित गराउने र भारतलाई दबाब दिने तयारी थियो। तर, प्रचण्डले भने त्यसलाई रोकेका हुन्। हालै भारतले नेपाली भूमिसहित नक्शा जारी गरेपछि नेपालमा त्यसको व्यापाक विरोध भएको थियो। त्यसपछि बसेको सर्वदलीय बैठकले पनि सरकारलाई साथ दिने निर्णय गरेको थियो। तर, पनि हालसम्म नेपालले भारतले जारी गरेको विवादास्पद नक्शामा नेपाली भूमि परेको विषयलाई भारतसँग उठाउन सकेको छैन। त्यसैले ओली सरकार संसदमा प्रस्ताव पारित गराएर सो विषयमा काम गरेको देखाउन चाहन्थ्यो। तर, प्रचण्ड त्यसमा पनि बाधक बन्दा १९६२ देखि नेपाली भूमि कालापानीम बस्दै आएको भारतीय सेना तत्कालन हट्ने सम्भावना समाप्त भएको हो।

संकल्प प्रस्ताव दर्ता गराएका सांसद अधिकारीले कुनै दबाबमा यो प्रस्तावलाई संसदको कार्य सूचीबाट हटाएको भन्ने आफूलाई जानकारी नभएको बताए। उनले डिसी नेपलासँग भने, ‘विभागी मन्त्रीको उपस्थिति नहुने भएपछि कार्यसूचीबाट हटाएको भन्ने जानकारी पाएको हुँ। संकल्प प्रस्तावमाथि छलफल हुँदा मन्त्री सदनमा उपस्थिति हुनैपर्छ।

उता ओली समूहले भने भारतलाई रिझाउन सो प्रस्ताव छलफल नै नगराउने षडयन्त्रमा प्रचण्ड लागेको आरोप लगाएको छ।
डिसी नेपाल

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित