३ लाख घुस प्रकरणमा योगेश भट्टराईकी पत्नी विन्दाको स्पष्टीकरण

काठमाडौं। नेपाल नर्सिङ काउन्सिलकी एक सदस्यले च्याटमा एक विद्यार्थीसँग ३ लाख घुस मागेको र त्यसको आधा नर्सिङ काउन्सिलकी रजिष्ट्रार तथा पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेले खाने भनेको विषय अहिले चर्चामा छ । नर्सिङ काउन्सिलकी रजिष्ट्रार घिमिरेले यस विषयमा काउन्सिलको तर्फबाट स्पष्टीकरण दिएकी छिन् । रजिष्ट्रार घिमिरेले काउन्सिलको तर्फबाट जारी गरेको प्रेस विज्ञप्तिमा यो काम काउन्सिलकी सदस्यले नभइ आपराधिक समूहले गरेको उल्लेख छ ।

काउन्सिलले सम्बन्धित सदस्यसँग यस विषयमा खोधेको र उनले काउन्सिललाई लिखित जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ । ‘उहाँ आफ्नो फेक आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘साथै फेक आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ ।’ यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानविन गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित