लागुऔषध सहित दुईजना पक्राउ

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराबाट म्याग्दी प्रहरीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । बुधबार साँझ कुश्मीशेराको जुम्लीखोलाबाट १६ सेट एम्पुल सहित दुईजनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय म्याग्दीले जनाएको छ ।
पक्राउ पर्नेमा कुश्मीशेराका २७ बर्षिया रोशन आचार्य र सोही ठाउँ बस्ने २० बर्षिया सुनिल थापा रहेका छन् । म्याग्दीमा लागु औषध नियन्त्रणको अभियान चलाईरहेको म्याग्दी प्रहरीले प्रयोगकर्ताले दिएको सूचनाका आधारमा उनिहरुलाई पछ्याएको थियो । जिल्ला प्रहरी कर्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुव शर्माको नेतृत्वमा जैमिनी पुगेको टोलिले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो ।
‘म्याग्दीमा अभियान चलेपछि कारोवार गर्नेहरु लाखापाखा लागे’ प्रहरी निरिक्षक शर्माले भने ‘प्रयोग कर्ताहरुले बागलुङबाट खरिद गर्नेगरेको सूचनाका आधारमा हामि यहाँ आएर पक्राउ गरेका हौं ।’ पक्राउ परेका दुवैजनाई जिल्ला प्रहरी कार्यालय बागलुङको जिम्मा लगाईएको शर्माले बताए । ‘उहाँहरुको अपरेशनमा पक्राउ परेका दुई जना हाम्रो जिम्मामा आएका छन्, म्याद थपेर आवश्यक कारवाहीमा जान्छौं’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले भने ।

 

SHARE:

संबन्धित शिर्षकहरु

ताजा अपडेट

दसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

लन्डनमा नेपालीको घरमा राति लुटपाट, प्रतिकार गर्दा दम्पतीमाथि आक्रमण

लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा

गोर्खा आन्दोलन सफल नभएसम्म भोजभतेर र राजनीतिक कार्यक्रममा नजाने भेट्रान राईको घोषणा

गोर्खा समस्या समाधान गर्न बेलायत सरकारलाई डिसेम्बर ३१ सम्म अल्टिमेटम, माग पूरा नभए आन्दोलन गर्ने

लन्डनका फेसन उद्यमी लामिछानेको फाउण्डेशनले बाढीपीडितलाई एक करोड ७ लाख प्रदान

फ्लाईदुबईको विमान साउदीमा आकस्मिक अवतरण, पाइलटले खसाल्न खोजेको नेतन्याहुको दाबी

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न, छलफल कृत्रिम बुद्धिमत्तामा केन्द्रित